बद्री बहादुर अष्ट्रेलियामा प्रिमियर

शोभित बस्नेतद्वारा निर्देशित फिल्म बद्री बहादुर अष्ट्रेलियामा प्रिमियर भएको छ । फिल्मको जुलाई ३० अष्ट्रेलियामा प्रिमिएर भएको निर्देशक बस्नेतले जानकारी दिए ।
फिल्म प्रिमिएरका लागि अष्ट्रेलिया उडेका शोभित अहिले उतै छन् । फिल्मको अष्ट्रेलिया प्रिमिएर चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । सिनेमाको अझै ३ शहरमा समेत शो गरिनेछ ।
स्वदेश भने फिल्मको प्रदर्शन फिक्स भएको छैन । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।
अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतको बिषेश भुमिका रहेको फिल्ममा छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन छ । फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न स्थानमा छायांकन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने