युवाको प्रेमकथामा बन्यो ‘आलु जस्तो लव’
युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको सिरिज ‘आलु जस्तो लव’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा युवाहरुको प्रेममा आउने आरोह अवरोहको देखाउन खोजिएको छ । ट्रेलर हेर्दा सिरिज पनि त्यस्तै कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
सिरिजका लेखक निर्देशन देव धिमाल हुन् । दिवस नाथ, प्रियंका श्रेष्ठ, प्रियन्सी श्रेष्ठ, सोनियो रन्जित, पुनम परियार, सुमन थोप्रा लिम्बू, भिमसेन खतिवडा, राजकुमार शाह, विजयराज भुर्तेल, राजिव धिमाल, कृष्णप्रसाद धिताल, सविना गहतराज, रोजिना गौतम, अर्जुन थापा लगायतले अभिनय सिरिजमा देख्न सकिन्छ ।
युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा सिरिजमा गहिरिएर देखाउन खोजिएकोले दर्शकले रुचाउने विश्वास निर्देशक धिमालले व्यक्त गरे । उनले सिरिज छिट्टै टेलिभिजनबाट दर्शकले हेर्न पाउने बताए ।
विजयराज फिल्मस्को सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे र प्रवेश राईले गरेका हुन्, भने सम्पादन विजय राज भुर्तेलको रहेको छ । मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमाल सिरिजका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण