संगीत विद्यालयको अभावमा करियर कठिन रह्यो – गायक अमात्य
गायक योगेश्वर अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेपनि त्यो समय संगीत विद्यालयको अभावमा गायन करियर कठिनका साथ अगाडि बढाएको बताएका छन् । संगीत साधनाका लागि सहयोग पुर्याउने उद्देश्यले राजधानीको गल्फुटारमा खुलेको जुजु फाउण्डेसनको उद्घाटन गर्दै अमात्यले संगीतमा लाग्नेका लागि संगीत विद्यालय निकै लाभदायी सिद्ध हुने धारणा समेत राखेका थिए ।
‘संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा रहेका तर कला र प्रतिभा भएकालाई सजिलो हुन्छ’ उनले थपे । कार्यक्रममा उनले ‘जब सन्ध्या हुन्छ’ बोलको गीत समेत गाएर सुनाएका थिए । आर्थिक अभावमा रहेका प्रतिभाहरूलाई बाहिर ल्याउने उद्देश्यले गायक एवं संगीतकार सुशिल श्रेष्ठ फाउण्डेसन सञ्चालनमा ल्याएका हुन् ।
त्यस्तै लोकप्रिय संगीतकार न्यु बज्राचार्यले जुजु फाउण्डेसनले आफ्नो खर्चमा संगीत सिकाउने र म्युजिक भिडियो बनाइदिने कदमले लुकेको प्रतिभा बाहिर आउनेमा विश्वास व्यक्त गरे । फाउण्डेसनका अध्यक्ष श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरूलाई सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत बताए । गैर नाफामूलक हिसाबले सञ्चालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तव्य बन्न सक्ने उनको विश्वास रहेको छ ।
फाउण्डेसन करिब ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण