बलिउड अभिनेता हर्षवर्धनलाई अँगालो हाल्दै रोए युवती
केही दिनदेखि नेपालमा रहेका भारतीय अभिनेता हर्षवर्धन राणेको क्रेज नेपालमा पनि राम्रो देखिएको छ । एक विवाह समारोहमा सहभागी हुन केही दिन अगाडि नेपाल आएका उनी विवाहको रिसेप्सनमा पार्टीमा नेपाली गति ‘साइँली रे साइँली रे’ मा समेत नाचेका छन् ।
नेपाल भ्रमणको क्रममा बसन्तपुर अवलोकन गरेर नेवारी परिकारको स्वाद लिएका उनले सोमवार लाजिम्पाटको तिर्सला रेस्टुरेन्ट पनि पुगेका थिए । रेस्टुरेन्टमा उनलाई हेर्न युवतीहरूको भिड नै लागेको थियो ।
तिर्सला रेस्टुरेन्टको कार्यक्रमको एक भिडियो उनले सामाजिक संजालमा पनि राखेका छन् । भिडियोमा उनी युवतीबाट घेरिएको देख्न सकिन्छ । भिडियोमा कतिपय युवतीले उनीसँग अटोग्राफ र फोटो लिएको देख्न सकिन्छ भने कतिपय उनलाई दैख्ने बितिक्कै रोएका छन् । उनलाई भिडियोमा एक युवती उनलाई अंकमाल गर्दै रोएको पनि देख्न सकिन्छ । उनले आफ्ना नेपाली फ्यानहरुसँग सेल्फी खिच्दै अगाध प्रेम समेत दर्साएका छन् ।
सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’ बाट भारतसँगै नेपालमा पनि ठूलो क्रेज बनाएका उनी अभिनित फिल्म ‘सनम तेरी कसम’ अहिले नेपालको यूट्युब ट्रेन्डिङका पनि छ ।
हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनी छिट्टै फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण