बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गोसाइँकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी

बुधबार, १८ साउन २०७९, ०७ : १०
बुधबार, १८ साउन २०७९

पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि  भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्य वस्तु ढुवानी गरिएको हो ।

यही साउन २३ गतेदेखि २७ गते जनै पूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।

काठमाडौँबाट धुन्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरू हुने गोसाइँकुण्ड तीर्थ जाँदा धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी सङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप