ad
x

नेपाली खेलकुदको भविष्य जोगाउन अल्मुताइरीको सरकारलाई अनुरोध

person explore access_timeसाउन २१, २०७९ chat_bubble_outline0

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इंगित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।


‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।



उनले खेलकुदको भविष्य जोगाउन सरोकारवाला निकायहरूले ५ देखि ७ जनाको टिम नै बनाएर समस्या समाधानको विषयमा सोच्नु पर्ने बताए । ‘नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन खेलकुद मन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र अनुरोध गर्दछु,’ अल्मुताइरीले लेखेका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।