शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनबीचको तालमेल आजको आवश्यकता : प्रदेश सभापति यादव

आइतबार, २२ साउन २०७९, २० : ५४
आइतबार, २२ साउन २०७९

नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आउँदो निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छन् । आइतबार रौतहट क्षेत्र नं- १ का क्षेत्रीय कार्य समितिद्वारा आयोजित नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सभापति यादवले यस्तो बताएका हुन ।

सभापति यादवले पाँच दलीय गठबन्धनबीच तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन गर्ने निर्णयलाई काँग्रेसका सबै कार्यकर्ताले मान्नु पर्ने बताए ।

उनले  राजनीति निकासका लागि अहिले वर्तमान परिस्थिती सामना गर्न नेता कार्यकर्तालाई आफ्ना वडा गाउँ नगरमा दिनरात मेहनत गरी  जनताको दुःख सुखमा उभिएर काम गर्न निर्देशन समेत दिए । यस्तै  जिल्ला  सभापति जितेन्द्र यादवले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसले जित्न सबै एक जुट भएर लाग्नुपर्ने  बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप