वरिष्ठ गायक कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग
वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो ।
प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पूर्व प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा), प्रतिष्ठान केन्द्रीय सदस्य नवीन सिंह धामी, प्रदेश प्रथम उपाध्यक्ष दीर्घ फुलारालगायतले कडायतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
डोटेली कान्छाले लोक संगीतका धरोहर गुमाउँदा अत्यन्तै मर्माहत बनाएको बताए । उनले कडायतको गायकीको चर्चा गरेका थिए । शोक सभामा प्रतिष्ठानको नेपाल कलाकार कल्याणकारी कोषबाट प्राप्त २५ हजार नगर रकम स्वर्गीय कडायतका परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।
शोक सभामा गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर कुँवर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष पूर्ण भाट, प्रदेश सदस्य लोकेश खनाल, कोमल ओली, माधवी घर्तीमगर, कल्पना ढुङ्गाना, प्रतिष्ठान बैतडी जिल्ला अध्यक्ष प्रेमबिबश चन्द लगायतको उपस्थिति रहेको थियो । बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षको उमेरमा मस्तिष्कघातका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कडायतको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण