शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवजात शिशुको सेवा र परामर्शका लागि ‘मेरो मम्मा एप’ सार्वजनिक

सोमबार, २३ साउन २०७९, २१ : ४९
सोमबार, २३ साउन २०७९

बाइनरी गेटवेले मेरो मम्मा एप लन्च गरेको छ । दैनिक जीवनलाई थप सरल र सहज बनाउने क्रममा आजकाल विभिन्न एपहरु बजारमा आउने गरेको अवस्थामा बाइनरीले सोमबार काठमाण्डौंमा मेरो मम्मा नामक एप सार्वजनिक गरेको हो । 

यो एपका विशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, विज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफूजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसँगको अनलाईन समुहका साथै गर्भधारण र शिशु सामाग्री किन्नका लागी सरल र सहज अनलाईन पसल रहेका छन् । 

गर्भवती महिला र नवजात शिशुहरूको लागि चाहिने सूचनामूलक लेख सम्पर्क ठेगाना विभिन्न उत्पादन तथा सामाग्री बिक्रीका लागी एकीकृत मोबाइल एपको विकास गरी लञ्च गर्ने जमर्को गरेको संस्थाका संस्थापक मध्यका एक रवि अग्रवालले जानकारी दिए । उनका अनुसार ‘यो एपको एउटा उद्देश्य भनेको गर्भधारण गरिरहेका जोडीहरूलाई सही विज्ञ र सहि सूचनासँग जोड्नु नै हो । साथै यसको समाधानका लागी काम गर्नु हो । यो एप नवअभिभावकको अनुभवमा आधारित भएकोले सहि सुचना र सहि उत्पादनहरु लक्षित उपभोक्ता समक्ष पुग्ने कुरामा हामी (मेरोमम्मा) विश्वस्त छौं ।’ अग्रवालले भने । 

गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनानामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग भएको र यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यसँग सम्बन्धित रहेकाले यसबाट सबैलाई लाभ मिल्ने विश्वास गरिएको अर्का संस्थापक आशिश अग्रवालले बताए । खासमा यो अवधारणा आशिश र उनकी श्रीमतीका लागि यस विषयमा आफूले सहि सूचनाको अभाव र चाहिने सामाग्री किन्ने ठाउँको अभावको आफ्नै तितो अनुभवबाट प्रेरित रहको उनले बताए । 

एप लञ्चका अवसरमा बोल्ने विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरुले यो एप्स सबैका लागि उपयोगी हुने धारणा राखेका थिए । कम्पनीले यो एपको उद्घाटन पश्चात सुरुवातमा ग्राहकहरुको लागि निशुल्क ढुवानी, छु, तथा विभिन्न उपहारहरू पनि प्रदान गर्ने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप