शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

मङ्गलबार, २४ साउन २०७९, ०६ : ३१
मङ्गलबार, २४ साउन २०७९

आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मङ्गलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । 

ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । 

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप