बारुदी सुरुङ हटाउन युक्रेनलाई अमेरिकाले दियो ८९ मिलियन डलर सहयोग
अमेरिकाले युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ ।
युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् । ‘रुसको गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अ‍मेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ । पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ । विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कनबाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ, ’ विज्ञप्तिमा भनिएको छ ।
रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रक, धुने मेसिन, ढोका, अस्पतालको ओछयान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण