एम्बुलेन्सले ठक्कर दिँदा तीन घाइते
बिहीबार, २८ मङ्सिर २०७४, १२ : ५६
तनहुँ–दमौली बजार नजिक व्यास नगरपालिका वडानम्बर ४ बागबजारमा एम्वुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा तिन जना घाइते भएका छन् ।
सुत्केरी लिएर बोकेको ग २ च १८३० नम्बरको एम्बुलेन्सले ग ७ प ४४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजना घाइते भएक हुन् । घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका १३ का २० बर्षिय मोटरसाइकल चालक खेम गुरुङ र बर्ष २५ का रिदान गुरुङ छन् ।
त्यस्तै दुर्घटनामा परी चितवन इच्छाकामना गाउँपालिका ५ बस्ने एम्बुलेन्स चालक सोनाम हुसेन समेत घाइते भएका छन् । घाइतेहरुको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अहिले घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण