मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बुलेन्सले ठक्कर दिँदा तीन घाइते

बिहीबार, २८ मङ्सिर २०७४, १२ : ५६
बिहीबार, २८ मङ्सिर २०७४

तनहुँ–दमौली बजार नजिक व्यास नगरपालिका वडानम्बर ४ बागबजारमा एम्वुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा तिन जना घाइते भएका छन् ।
सुत्केरी लिएर बोकेको ग २ च १८३० नम्बरको एम्बुलेन्सले ग ७ प ४४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजना घाइते भएक हुन् । घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका १३ का २० बर्षिय मोटरसाइकल चालक खेम गुरुङ र बर्ष २५ का रिदान गुरुङ छन् । 
त्यस्तै दुर्घटनामा परी चितवन इच्छाकामना गाउँपालिका ५ बस्ने एम्बुलेन्स चालक सोनाम हुसेन समेत घाइते भएका छन् । घाइतेहरुको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अहिले घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप