काठमाडौं महानगरको ४४.२४ प्रतिशत बजेट खर्च

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । 


गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो ।  जसमा  रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । 



जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने  धारणा राखे ।  



बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।