कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline0

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार) सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले  आफूहरुले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति रावलले बताए ।  


यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार गर्न पाउने भएका छन् । भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा संचालनमा ल्याएपछि  विरामीहरुलाई सहज हुने भएको छ । विशेष गरी नेपालीहरुमा ग्यासट्राईटिसको कारणले गर्दा पेट र आन्द्राहरुमा हुने घाउलाई इन्डोस्कोपीको माध्यामबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।



सो सेवा लिनका लागि नेपालगन्ज र काठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बाध्यता  अहिले जुम्लामै उपचार भएपछि विरामीहरुलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिए । आर्थिकरुपमा पछाडी परेका गरिब असहाय तथा सीमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेको उक्त प्रतिष्ठानले जनाएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।