शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना : २४ घण्टामा झण्डै १६ हजार सङ्क्रमित थपिए

शनिबार, २८ साउन २०७९, १५ : १२
शनिबार, २८ साउन २०७९

भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् । एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।   त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाई छ । 

पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप