यस्तो छ आजको मौसम पूर्वानुमान

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
 
भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।