सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, २९ साउन २०७९, १० : ५६
सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली
-
भारत : तेस्रो चरणको चुनावमा औसत ६४.४० प्रतिशत मतदान, सबैभन्दा कम उत्तर प्रदेशमा
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद