चितवनमा ‘कृष्ण लीला’ को फ्रि कन्सर्ट
भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारमा व्यापकता दिन फिल्म युनिटले साउन ३१ अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको हो ।
ओएसिस एजुकेसन (अष्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रविन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रवि ओड र गायिका सुनिता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठ लगायतको टोलीले चितवनवासीलाई झुमाउने छ ।
चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकिवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिट लगायत छन् । कन्सर्टमा हजारौं दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रबिन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मी लगायत थुप्रै कलाकारले अभिनय छ । शिव ढकालको छायांकन रहेको फिल्ममा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा