राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेडमा रुपान्तरण
राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।
राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ ।
तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०७९ लागू गर्न सर्वसम्मत निर्णय पारित गरेको हो । योसँगै अब राष्ट्रिय सभाबाट सो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू हुनेछ । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा