शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

सोमबार, ३० साउन २०७९, १२ : ३९
सोमबार, ३० साउन २०७९

बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि  कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रिने सवारी साधनहरु बबई पुल वारी-पारी रोकिएका छन् ।  छिन्चुबाट प्रहरीको टोली बबई पुगेर घटनाबारे अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप