उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकमाथि कारवाही
मङ्गलबार, ३१ साउन २०७९, १० : ५६

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्वर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ३५४ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
-
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि