शङ्करको ‘तीज आयो’ गीतमा परदेशीका परिवारको पिडा
एउटा समय थियो भोगाइका विविध सँगालोहरूलाई बिलौना गरेर बिताइने दिन तीज हुने गर्थ्यो । बुहारीहरूले वर्षभरि भोगेको दुख–पीडा, पिर–व्यथाहरूलाई माइतमा गएर पोखिने बिलौना तीजका भाका गर्थे ।
अहिले जुनै पनि विषय तीजका भाकामा समेटिन थालेका छन् । यस्तैमा उज्ज्वल भविष्यको लागि विदेशिने र उनका परिवारले प्रतीक्षामा बस्ने विषयमा तयार पारिएको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ ।
शंकर के राईको शब्द, डीबी खड्काको संगीत रहेको गतिमा गायिका विनीता ढकाल ‘सिम्रन’) स्वर दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा रामभजन कामत, प्रकाश कलेल, सावित्री जीसी, गंगा धिमाल आचार्यसँगै गायक डीबी खड्का र गायिका विनीता ढकाल (सिम्रन)को समेत अभिनय छ ।
सुमन सागर जंग केसीको निर्देशन रहेको भिडियोको छायाकार प्रवेश पोखरेल हुन् भने सम्पादन सुरेश राउतले गरेका छन् । रियाशा इन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको ‘तीज आयो’ एउटा गीत मात्र नभएर अहिलेको देश, समाजको प्रतिबिम्ब भएको गीतकार लामा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण