शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भन्यो–असार महिनामा बजार महँगी ८ प्रतिशत रह्यो

मङ्गलबार, ३१ साउन २०७९, १९ : ४२
मङ्गलबार, ३१ साउन २०७९

नेपाल राष्ट्र बैंकले गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत मात्र रहेको जनाएको छ । आर्थिक वर्ष मौद्रिक नीति मार्फत बैंकले औसत मुद्रास्फीति ६.५ प्रतिशत रहने प्रक्षेपण गरेपनि वर्षको अन्तसम्ममा ८.०८ प्रतिशतसम्म पुगेको हो ।

यद्यपि, आन्तरिक तथा बाह्य कारण यस्तो मुद्रास्फीति १८ प्रतिशतमाथि पुगिसकेको निजी क्षेत्रहरुले बताइरहेका छन् । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप परेको बैंकको भनाइ छ । 

यद्यपि आर्थिक वर्ष २०७८/७९ को सुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित हुन पुगेको बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप