आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर
जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।
गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बीचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो । यसै समस्यालाई मध्येनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।
मुगालीको स्वास्थय क्षेत्रलाई मनन गर्दै बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए । अस्पतालमा लामो समयसम्म विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बाहिरी रिफर गर्नुपर्ने अवस्था रहको थियो ।
आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट, सुत्केरी महिला, पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा