शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सेना नेपाल आएकोप्रति संसदमा सरकारको ध्यानाकर्षण

बिहीबार, ०२ भदौ २०७९, १२ : २७
बिहीबार, ०२ भदौ २०७९

सांसद चाँदतारा कुमारीले नेपाली सेनासँग अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि आएको भन्दै कतै नेपाल आइपिएसको अंग बनेको त हैन भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपाली सेनासँग संयूक्त सैन्य अभ्यासका लागि सोमबार क्याप्टेन भ्लेक डुकारेकको नेतृत्वमा १६ सदस्यीय टोली नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न आएको बताइन् । रेन्जर गणका नेपाली सेनाका ८० जनाले संयुक्त रुपमा अभ्यास गर्ने बताउँदै यो अभ्यास २०६० सालदेखि चल्दै आएको बताइन् । 

उनले अमेरिकासँग नेपालले एसपीपी सम्झौता नगर्ने भनिएको र गत साता प्रधानसेनापति अमेरिका भ्रमण गएको उल्लेख गर्दै नेपाल कहीँ आइपिएसको अंग बन्न लागेको त हैन भन्दै प्रश्न गरिन् ।  उनले विश्व नै विभिन्न ध्रुवमा ध्रुवीकृत हुन लागेकोले शंका उब्जिएको बताउँदै सो विषयमा सरकारको ध्यानाकषर्ण गराउँदै सतर्क रहन आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप