चितवनमा समानुपातिकतर्फ एमाले पहिलो
चितवन– प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो पार्टी भएको छ । आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५ सय ३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४ सय ४० मत प्राप्त गरेको छ ।
यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १ सय ०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९ सय ३६ मत प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फ ४२ हजार ८ सय ५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६ सय २२ मत प्राप्त गरेको छ ।
त्यस्तै विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७ सय ०७ र प्रदेशसभातर्फ नौ हजार ४ सय ५८ मत प्राप्त गरेको छ । चितवनमा पाँचौ दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधिसभातर्फ ६ हजार ७ सय ५० र प्रदेशसभातर्फ सात हजार २ सय ४४ मत प्राप्त गरेको छ ।
चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८ सय ३२ मत खसेको थियो भने १५ हजार ३ सय ९० मत बदर भएको छ ।
क्षेत्र नं १ मा ८९ हजार ६ सय २१ मत खसेकोमा चार हजार ९ सय २८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७ सय ८१ मत खसेकोमा तीन हजार ८ सय ०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६ सय ५५ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने
-
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिए संसद् अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
-
मधेसमा आगलागीको कहर, साढे ९ महिनामै २० जनाको मृत्यु
-
प्रधानमन्त्री बन्न माधवको ‘मुभ’, सत्तामा फर्किन कांग्रेसका तीन ‘कार्ड’
-
पाकिस्तान र इरानबाट २ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता
-
आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना छ : श्रममन्त्री अर्याल