पाकिस्तान र इरानबाट २ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता
इस्लामाबाद । पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार देशको प्रहरीले निष्कासन गरेपछि दुई सय ६० अफगान आप्रवासी पाकिस्तानबाट काबुल फर्केका छन् ।
यसैबिच दुई हजार तीन सय ६८ अफगान आप्रवासीहरू सोही दिन इरानबाट अफगानिस्तानमा पुनः प्रवेश गरेको खामा प्रेसले जनाएको छ । आप्रवासीहरू नानगाहार प्रान्तको तोरखाम सीमा हुँदै देशमा फर्केको जनाइएको छ ।
फर्केका व्यक्तिहरू हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् ।
हालैका महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूको निष्कासन तीव्र भएपछि तालिबानको शरणार्थी मन्त्रालयले इरानबाट आप्रवासीहरूको फिर्तीको घोषणा गरेको छ ।
यसअघि एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गर्दै यो योजना अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र शरणार्थी कानुन विपरीत भएको उल्लेख गरेको थियो ।
यसैबिच तालिबानका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ती मामिलामन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीको ढाँचाभित्र समाधान गर्न आग्रह गरेका थिए ।
पाकिस्तानबाट कागजातविहीन अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पहिलो चरण नोभेम्बर २०२३ देखि सुरु भएको थियो ।
मानव अधिकारवादी सङ्गठन तथा तालिबानले पाकिस्तानको कार्यको आलोचना गरेका छन् । यद्यपि पाकिस्तानी सरकारले यो कुनै जातीय समुदाय निर्देशित प्रक्रिया नभएकोमा जोड दिएको छ । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण