आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना छ : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिएका छन् ।
एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले आन्तरिक रूपमा सीपमूलक तालिम उपलब्ध गराउने योजना रहेको बताएका हुन् । “आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धिका लागि काम गरिरहेका छौँ । आन्तरिक रूपमा सीपमूलक तालिमहरू दिनुपर्छ भन्नेमा योजना बनाइरहेका छौँ”, मन्त्री अर्यालले भने, “अबको दशक भनेको आन्तरिक रोजगारीको दशक बनाउने हो । यो दशकमा सीपमा लगानी बढाउने प्रतिबद्धतासहित हामीले काम गरिरहेका छौँ ।” उनले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोष, तीनवटै संस्थाबिचको सम्बन्ध सुमधुर बनाउँदै प्रभावकारी सेवा प्रवाहका लागि छलफल भइरहेको जानकारी दिए ।
मन्त्री अर्यालले शिक्षा नीति र श्रम बजारको मागबिच तालमेल नमिलेकाले सीप र प्रविधियुक्त जनशक्ति बनाउनुपर्ने आवश्यकता औँल्याए । श्रमिक र रोजगारदाताबिच सुमधुर सम्बन्ध निर्माणका लागि काम गरिरहेको उनको भनाइ थियो । उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालय प्रयासरत रहेको बताए । अन्तर्राष्ट्रियस्तरबाट नेपाली श्रमिकप्रति हेर्ने नजर सकारात्मक रहेकामा उनले प्रशंसा गरे । “श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सोचेजस्तो हुन सकेको छैन । न्यूनतम पारिश्रमिक दिने र बढी समय काममा खटाउने जस्ता विषयमा हामीले निजी क्षेत्रका व्यवसायी र रोजगारदातासँग निरन्तर छलफल गरिरहेका छौँ”, श्रममन्त्री अर्यालले भने ।
नेपाली श्रमिकको हकहितका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग भइरहेको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । मन्त्री अर्यालले स्वदेश र विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान खोज्न एकद्वार प्रणालीबाट ‘श्रमाधान’ योजना घोषणा गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण