यूएईमा कार्यरत सीताराम गुरुङको मृत्यु
शुक्रबार, ०३ भदौ २०७९, १४ : ०४
गोरखा भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको छ। दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
विगत साढे २ वर्षदेखि रोजगारीको शिलशिलामा यूएईको शारहजास्थित नेष्टो कम्पनीमा काम गर्दै आएका गुरुङ डिउटी जाने क्रममा आकस्मिक ढलेपछि शारहजाको कुवेती अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनको टाउकोमा रगत जमेको (ब्रेन हुम्ब्रेज) कारण उपचार कठिन भएको बताएका थिए।
यता, नेपाली दूतावास आवुधावीले मृतक गुरुङको शव आवश्यक कानुनी प्रकृया पुरा गरी तत्काल नेपाल पठाउन लागेको दूतावसका द्धितिय सचिव भुवन ओझाले जानकारी दिए। मृतकका श्रीमती सहित ५ वर्षीय छोरा काठमाडौंमा बस्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण