अनमोलको ‘छड्के २’ को छायांकन सुरु
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ ।
अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ ।
निर्माण टिमले अभिनेत्रीको नाम भने अहिले गोप्य राखेको छ । छायांकन भइरहेको समय कलाकार क्रमशः सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए ।
काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुन् ।
‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो । फिल्मले समीक्षात्मक रुपमा प्रशंसा बटुलेको थियो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो । निगम श्रेष्ठले नै फिल्मको निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण