वर्षा र बाढीबाट पाकिस्तानमा ३६ जनाको मृत्यु
पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ । उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् ।
त्यसैगरी पाकिस्तानको उत्तरपश्चिम खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ । सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन् । उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचनाहरु जारी गरेको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ । उक्त निकायले गएको २४ घन्टामा पाकिस्तानका कैयौँ क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिबार बिहानै देखिको वर्षा अविरल रुपमा आइतबार बिहानसम्म आएकाले अरु पनि क्षति भएको अनुमान गरिएको छ ।
विवरणहरू आउन बाँकी रहेको सो निकायले जनाएको छ । पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् ।यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ । यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण