आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ

आइतबार, १४ असार २०८३, १९ : १७
आइतबार, १४ असार २०८३

सारांश

  • प्रहरीले विराटनगरस्थित पुरानो भन्सार कार्यालय परिसरबाट भारतबाट नेपालतर्फ आउने भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूले बिना अनुमति बिचौलियाको भूमिका खेल्दै चालकसँग बार्गेनिङ गरी पैसा नदिए हैरानी दिने गरेको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विराटनगर । भारतबाट नेपालतर्फ आउने भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा प्रहरीले विराटनगरस्थित पुरानो भन्सार कार्यालय परिसरबाट तीन जनालाई पक्राउ गरेको छ।

आइतबार विराटनगर १६ स्थित २ नम्बर डाट अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा विराटनगर–१३ सैनिक टोलका ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१ पोखरियाका ४४ वर्षीय सञ्जय केवट र विराटनगर–१५ त्रिभुवन टोलका ६७ वर्षीय नरेन्द्र थापा रहेका छन्। उनीहरुले बिना अनुमति बिचौलियाको भूमिका खेलेको प्रहरीको भनाइ छ।

‘भारतीय गाडीहरू विराटनगर प्रवेश गर्दा पुरानो भन्सार अगाडिको यात्रु शाखामा राजस्व बुझाउनुपर्ने हुन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी महेन्द्रकुमार मिश्रले भने,‘त्यहाँ बसेर उनीहरूले चालकसँग बार्गेनिङ गर्ने र भनेजति पैसा नदिए हैरानी दिने गरेको पाइयो।’

विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप