साउदी अरबद्वारा पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने घोषणा
शुक्रबार, १० भदौ २०७९, ०९ : ५४

साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो ।
साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानको खस्कँदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ ।
यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा