शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा भएको अल्ट्रा दौडमा कर्णालीकी सुनमाया दोस्रो

आइतबार, १२ भदौ २०७९, ११ : ३०
आइतबार, १२ भदौ २०७९

कर्णालीको जुम्लामा जन्मिएकी सुनमाया बुढा अल्ट्रा रेस ब्लांक (युटीएमबी) को एक सय किलोमिटर विधामा दोस्रो भएकी छन् ।  

शुक्रबार राती भएको विश्वकै प्रतिष्ठित उक्त अल्ट्रा रेस प्रतियोगितामा उनले मोन्ट ब्लांक क्षेत्रको कोष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गरेको हुन् । सुनमाया फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग एक स्थान पछि परेकी हुन् । उनी द नर्थ एडभेन्चर क्लबका लागि नेपालको प्रतिनिधित्व गरेर सहभागी बनेकी थिइन् । 

सुनमाया गत वर्ष थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड बाई युटिएमबी ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिला तर्फ प्रथम र पुरुष–महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेर कीर्तिमानी कायम गरेकी थिइन् । जुम्ला जिल्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी २३ बर्षीया सुनमायाले महिला विधातर्फ ११० किलोमिटर लामो ‘ट्रेल रेस’मा प्रथम भएकी थिइन् । उनले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकेन्डमा पुरा गरेकी थिइन् ।

धावक सुनमायाको सोह जितसँगै राष्ट्रिय देखि अन्तर्राष्ट्रियस्तरमा निकै चर्चा भएको थियो । त्यसपछि शुक्रबार भएको प्रतियोगितामा पनि उनी दोस्रो हुन् सफल भएर नेपालको नाम राख्न सफल भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप