आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश–१ र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको समेत सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावकाे जोखिम रहनुको साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण