शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

शुक्रबार, १७ भदौ २०७९, ०६ : ४५
शुक्रबार, १७ भदौ २०७९

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ । 

उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप