नोकियाको सी२१ प्लस सार्वजनिक
सोमबार, २० भदौ २०७९, १८ : ०८
नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी२१ प्लस सार्वजनिक गरेको छ। जसको मूल्य १६,९९९ तोकिएको छ। एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइशले उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन सी सिरिज निकालेको जानकारी दिए ।
उनले भने, ‘एन्ड्रोइड ११ मा १३ मेगापिक्सेल एचडीआर–संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु’, उनले भने।
आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको मोबाइलमा एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा