रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप
रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।
पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ ।
रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्राप्त गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ ।
युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोला बारुद प्रयोग गरेका छन् । रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा सवारी व्यवस्थापन : मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त