रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप
रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।
पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ ।
रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्राप्त गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ ।
युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोला बारुद प्रयोग गरेका छन् । रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण