शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

बिहीबार, २३ भदौ २०७९, १३ : ३९
बिहीबार, २३ भदौ २०७९

हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ । 

जसअनुसार बुधबार वसन्तपुरमा इन्द्र जात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो ।  यसवर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप