नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा
शुक्रबार, २४ भदौ २०७९, ११ : ४३
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ ।
यसमा लघुवित्तको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद २७ असोजसम्म तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?
-
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
यस्ता छन् गर्मीमा दही खानुका फाइदा
-
कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध
-
गर्मीमा बिहान कति हिँडडुल गर्नुपर्छ ?