पाइपलाइनबाट निगमको ५ अर्ब बचत, २९ लाख केएल डिजेल आयात
तीन वर्षमा पाइपलाइनबाट झण्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौदेखि सुरु भएको परियोजनाबाट हालसम्म कुल २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको हो ।
ट्यांकरमार्फत हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा नेपाल आयल निगमलाई हालसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबरको बचत भएको छ । पाइपलाइन परियोजना सञ्चालन भएको तीन वर्ष पूरा भएको अवसरमा आयाल निगमको प्रादेशिक कार्यालयले गरेको कार्यक्रम सो जानकारी गराइएको हो ।
पेट्रोलियम पाइपलाइन सञ्चालनको ३ वर्षसम्म दुर्घटनारहित ढंगबाट इन्धन आयात गर्न सम्भव भएको भन्दै निगमको मधेश प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रदीप यादवले इन्धनमा हुँदै आएको चुहावट समेत रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अहिले पाइपलाइनबाट डिजेल आयात भइरहेको जानकारी दिँदै उनले २०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेल समेत पाइपलाइनबाटै आयात गर्ने बताए । पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्य अघि बढेको उनले बताए । ग्यास पाइपलाइन सञ्चालनमा आएपछि भारतीय बुलेटले लैजाने गरेको ६ अर्व रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत हुने उनले उल्लेख गरे ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटरमा फैलिएको यो पाइपलाइन दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यो पाइपाइनबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता छ । त्यस्तै, अमलेखगञ्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार हो । २०३३ सालमा निर्माण भएको सो डिपो ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको छ । १९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल ७ सय ६० किलोलिटर मट्टितेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियमको माग धान्नसक्छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण