शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेप्टेम्बर ११ : अमेरिकी इतिहासको त्यो कालो दिन

आइतबार, २६ भदौ २०७९, १० : ११
आइतबार, २६ भदौ २०७९

आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो ।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण  भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोकाइएको थियो ।

 विस्फोटपछि टावरमा दुई घण्टासम्म आगो लागेको थियो ।  ११० तले दुवै भवन ढलेर खरानी भएका थिए ।

९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिङ्टनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुदा विमान आकाशमै बिस्फोट भएको थियो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको  अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस  प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

 अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो ।

अतिवादीविरुद्धको दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर गत ३१ अगस्टमा स्वदेश फर्किएको थियो । अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

 २० वर्ष लामो लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्धमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ  ।  त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप