युक्रेन युद्ध : पछि हट्दै रुसी सेना
आइतबार, २६ भदौ २०७९, १२ : ५०
युक्रेनले प्रति आक्रमण तीव्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन् । युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन् ।
रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।
रसियाले अप्रिलमा किभ वरपरका क्षेत्रबाट पछि हटेपछि युक्रेनी सेनाले गरेको सबैभन्दा महत्वपूर्ण प्रगति हो । यसैबीच, आफ्नो नियमित रात्रीकालीन सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले २ हजार वर्गकिलोमिटर क्षेत्रफल मुक्त गरेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण