शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

८६ वर्षमा पहिलो पटक कंगारुको हमलाबाट मानिसको मृत्यु, वैज्ञानिक गरिरहेछन् व्यवहारबारे अनुसन्धान

बुधबार, २९ भदौ २०७९, १६ : ५२
बुधबार, २९ भदौ २०७९

अष्ट्रेलियामा सन् १९३६ पछि पहिलो पटक कुनै कंगारुको हमलाबाट मानिसको मृत्यु भएको छ । पश्चिमी अष्ट्रेलियाको एक राज्यमा कंगारुले मानिसमाथि यति भयानक हमला गर्यो कि ती व्यक्ति नराम्रोसँग घाइते भए । पछि उनको उपचारको क्रममा मृत्यु भयो । यसअघि सन् १९३६ मा ३८ वर्षीय विलियम क्रिकशेन्कको मृत्यु कंगारुको हमलाका कारण भएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । यसपटक मृत्यु भएका व्यक्ति ७७ वर्षका वृद्ध हुन् ।

वृद्धलाई गम्भीर चोटसहित पर्थबाट दक्षिण–पूर्वतर्फ ४०० किलोमिटर टाढा रेडमन्डस्थित आफन्तको घरमा पाइए । प्रहरीका अनुसार ती वृद्धले सायद कंगारुलाई पालेर राखेका थिए । यद्यपि, अष्ट्रेलियाका जीव विशेषगरी कंगारुलाई  घरमा राख्न गैर–कानुनी हो । जब अष्ट्रेलियाको आपतकालीन सेवा वृद्धको घरमा पुग्यो तब भाले कंगारुले प्यारामेडिक्सलाई उपचार गर्नबाट पनि रोक्यो । हमला गर्ने प्रयास पनि गर्यो ।

त्यसपछि प्रहरीले कंगारुलाई गोली हाने । त्यसपछि प्रहरी र प्यारामेडिक्स वृद्ध भएठाउँ पुग्दा उनको मृत्यु भइसकेको थियो । हमला गर्ने वेस्टर्न ग्रे कंगारु थियो । यसको तौल करिब ५४ किलोग्राम थियो । उसको लम्बाई करिब १.३ मिटर थियो । कंगारुको हमला असाध्यै खतरनाक हुन्छ । यदि तपाईंले यिनीहरुको झगडाको भिडियो हेर्नुहुन्छ भने यसको पकड निकै बलियो र किक असाध्यै खतरनाक हुन्छ ।

कंगारुले हमला गर्दा उसले आफ्नो दुश्मनलाई माथिल्लो हातले समात्छ । त्यसपछि पुच्छरले सन्तुलन कायम गरेर जोडदार किक हान्छ । नेटिव एनिमस रेस्क्यू सर्भिसकी तान्या इरविन भन्छिन्, ‘यो घटनालाई हेर्दा यस्तो लाग्छ कि कंगारु भाले थियो । साधारणतया भाले कंगारु निकै आक्रामक हुन्छन् । यिनिहरुलाई घरमा कैद गरेर बस्न मन पर्दैन । हाल स्थितिको सही जानकारी छैन । तर कंगारुका कारण कुनै व्यक्तिको मृत्यु हुनु दुःखको कुरा हो । पछि कंगारुलाई पनि बाध्यतावश मार्नुपर्यो । तर कंगारु कहिल्यै मायालु हुँदैनन् । यिनीहरु जंगली जनावर हुन् ।’

कर्टिन युनिभर्सिटीमा बिहेवरियल इकोलोजिस्ट बिल बेटम्यान भन्छन्, ‘यस्तो लाग्छ कि कंगारुलाई घरमा पालेर राखिएको थियो । उसलाई मानिससँग बस्न बानी परिसकेको थियो । उसलाई कुनै पनि मानिस खतरनाक नलागेको पनि हुनसक्छ । मान्छेले केही बिगार्न सक्दैन रहेछ भनेर सायद ऊ आक्रामक भयो । र उसले आफ्नो मालिकको हत्या गरिदियो । उसले मानिसलाई कंगारु ठानेर पनि हमला गरेको हुनसक्छ । अथवा आफूलाई जोगाउन पनि उसले हमला गरेको होला । कंगारुलाई सम्बन्ध बनाउन मन लागेको पनि हुनसक्छ । यस्तोमा भाले कंगारु निकै आक्रामक हुने गर्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप