फागुन १९ मा ‘छक्का पञ्जा ४’
शुक्रबार, ३१ भदौ २०७९, ११ : ३३
दीपक राज गिरी र दीपाश्री निरौलाको टिमबाट निर्माण भएको पछिल्लो फिल्म ‘छक्का पञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।
फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय छ ।
नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ‘छक्का पञ्जा ४’ हेमराज विसीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण