थापाको निर्णय उल्ट्याउँदै शर्मा
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले 'कमान्ड कन्सेप्ट' (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन सुरु गरेका हुन् ।
सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमिततासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापा चर्चामा आएका थिए । तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने क्रममा उनले कमान्ड कन्सेप्टलाई एक वर्षमै स्थगित गर्दै पुरानै आठ पृतना हेडक्वार्टरको संरचनामा फर्काएका छन् । शर्माले सरकारलाई दिएको परामर्शपछि भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरानै संरचना ब्यूँतिने भएको हो । योसँगै अब नेपाली सेनाका ७ प्रदेश तथा एक राजधानी गरी पुरानै आठ पृतना हेडक्वार्टर पुनः स्थापित हुनेछन्। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण