बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)

बुधबार, १७ असार २०८३, १२ : ४२
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूको गाडीमा कालो सिसा प्रयोग गरिएको छ ।
  • प्रहरीले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सर्कुलर गरिरहेको छ ।
  • उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिवको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताहरूको गाडीमा कालो सिसा प्रयोग गरिएको छ । 

प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिरहेको बेला सभापति लामिछानेदेखि मन्त्री, सांसद र कार्यकर्ताको गाडीमा कालो सिसा प्रयोग गरेको पाइएको हो ।

Raswapaka netaharuko gadima kalo sisa_NPL (2)

प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको थियो । 

Raswapaka netaharuko gadima kalo sisa_NPL (3)

असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।

Raswapaka netaharuko gadima kalo sisa_NPL (4)

असार १४ देखी ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको थियो । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरेको छ । 

Raswapaka netaharuko gadima kalo sisa_NPL (5)Raswapaka netaharuko gadima kalo sisa_NPL (6)Raswapaka netaharuko gadima kalo sisa_NPL (7)Raswapaka netaharuko gadima kalo sisa_NPL (8)Raswapaka netaharuko gadima kalo sisa_NPL (9)Raswapaka netaharuko gadima kalo sisa_NPL (10)Raswapaka netaharuko gadima kalo sisa_NPL (11)Raswapaka netaharuko gadima kalo sisa_NPL (12)Raswapaka netaharuko gadima kalo sisa_NPL (12)Raswapaka netaharuko gadima kalo sisa_NPL (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप