लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
काठमाडौँ । लायन्स क्लब अन्तर्राष्ट्रियको वार्षिक कार्यतालिका अनुसार जुलाई १ देखि ७ सम्म सञ्चालन हुने सप्ताहव्यापी सेवा कार्यक्रम अन्तर्गत पहिलो दिन काठमाडौँको रानीबन क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
डिस्ट्रिक्ट ३२५ के का डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन रामहरि देवकोटाको नेतृत्वमा ६ वटा क्लबहरूले संयुक्त रूपमा यो अभियानको थालनी गरेका हुन्।
सेवा सप्ताहको पहिलो दिन आज नागार्जुन नगरपालिका स्थित रानीबनको राधाकृष्ण मन्दिर आसपासका सडक तथा सार्वजनिक स्थलहरूमा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। उक्त संयुक्त अभियानमा लायन्स क्लब अफ काठमाडौँ मनास्लु नागार्जुन, इचङ्गु नागार्जुनसहित ६ वटा लायन्स क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वातावरण संरक्षण र सामुदायिक स्वच्छतालाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरिएको र जुलाई ७ सम्म चल्ने यस सप्ताहव्यापी अभियान अन्तर्गत अन्य विभिन्न सामाजिक तथा सेवामूलक कार्यहरू निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण