बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी

औषधि मूल्य समायोजनबारे निर्णय हुने
बुधबार, १७ असार २०८३, १२ : २०
बुधबार, १७ असार २०८३

काठमाडौँ । औषधि परामर्श परिषद्को बैठक अर्को हप्ता बस्नेगरी तयारी तीव्र पारिएको छ । बैठक बस्नुपूर्व स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गर्न लागेकी छिन् । बैठक अर्को हप्ता बस्नेछ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले पूर्व तयारी स्वरूप आन्तरिक छलफल भइरहेको बताए ।

डा.अधिकारीले भने, ‘मन्त्री ज्यूले औषधि परामर्श परिषद्को बैठकलाई प्राथमिकतामा राख्नुभएको छ । अब आज भोलि  छिट्टै बैठकको मिति तय हुन्छ । सम्भवतः अर्को हप्ता बैठकभित्र बैठक बस्छ ।’ यसअघि स्वास्थ्य मन्त्री मेहताले गत असार ३ गते संसद् बैठकमा बोल्दै एक हप्ताभित्र परामर्श परिषद्को बैठक बस्ने बताएकी थिइन् । 

औषधि मूल्य समायोजनबारे निर्णय गर्न परिषद्को बैठक बस्न लागेको हो । १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप