कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आज शोक बिदा
आइतबार, ०२ असोज २०७९, ०९ : २९
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आज शोक बिदा दिएको छ । बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा विदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।
उनले यस्तै एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने प्रवाह गर्ने बताए । नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु घर्तीको ४२ वर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा हिजो मृत्यु भएको छ । उनी एमालेबाट निर्वाचित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण