शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आज शोक बिदा

आइतबार, ०२ असोज २०७९, ०९ : २९
आइतबार, ०२ असोज २०७९

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आज शोक बिदा दिएको छ । बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा विदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

 नगरपालिकाले  कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

उनले यस्तै एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने  प्रवाह गर्ने बताए । नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु घर्तीको ४२ वर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा हिजो मृत्यु भएको छ । उनी एमालेबाट निर्वाचित हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप